भक्तपुर । राष्ट्रको लागी २ घन्टा अभियानले अरनिको राजमार्ग सडक खण्डको दायाँ बाँया बृहत बृक्षारोपण गरेको छ ।
२३औ हप्ता पुगेको उपलक्ष्यमा अभियानको आयोजनामा मध्यपुर थिमि नगरपालिका, सुर्यविनायक नगरपालिका, काठमाण्डौ उपत्यका विकास प्राधिकरण, वन डिभिजन कार्यालय भक्तपुर, चागुनारायण नगरपालिका, ह्वाईट पार्टी प्यालेसको सहकार्यमा मध्यपुर तर्फ बृक्षारोपण गरेको हो ।
हरियालीप्रवर्दन गर्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अभियानका अध्यक्ष मधु ढुङ्गेल, सल्लाहकार एवं पूर्व साँसद प्रतिमा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिप कुमार प्रजापति, म.थि.न.पा १ वडाका अध्यक्ष बावुकाजी डंगोल,
पूर्व उप–प्रमुख तथा अभियानका सल्लाहकार जुना बस्नेत, अन्जना देवी मधिकर्मी, भागिरथा सिटौला, मोहन पौडेल, सुरेन्द्र बिजुक्क्षे, मोहन थापालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागि थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, अभियान्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
साथै विभिन्न संघसस्था नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डि वाईन युथ क्लब नेपाल, सामुदायिक प्रहरी, सु.न.पा.नगर प्रहरी, पातन्जल योग समिती, वेभ ग्रुप, वाइसीयल नेपाल, ह्यापी ग्रुप, दक्षिणकाली सहकारी,
आस्था महिला विधालय, ह्यापी एण्ड हेल्थ ग्रुप, अग्रगामी नेपाल, यमना लाईन्स क्लब, सचेत मार्ग टोल सुधार समिति, नवदुर्गा महिला समुह, स्वच्छ बातावरण सन्जाल, हलिओ स्कुल, रिट्रनिङ फ्रन्डरेसन नेपाल, क्याप नेपाल, मानवीय आस्था नेपाल, चानक्य कलेज,
स्वनिग:साकोस, शुभश्री बचत, सिद्धार्थ बचत, मध्यपुर सञ्चार समाज, राष्ट्रीय युवासंघ नेपाल, समानान्तर प्रा.ली, मेरिगोल्ड ईङ्लिस स्कुल, बालकोट सहकारी, पातञ्जल योग समितीलगायतको सहभागितामा २०० बढी बिरुवा रोपिएको थियो । बृक्षारोपण कार्यक्रममा सहभागि सबैलाई अभियानले बधाई दिएको थियो ।
राष्ट्रको लागी २ घन्टा अभियानले बृक्षारोपणका साथै विभिन्न ठाउँमा सरसफाइ पनि गर्दै आएको छ ।
तस्वीरमा…
