भर्खरै : Sorry, your browser does not support inline SVG.

राष्ट्रपति रामचन्द्र पौडेललाई बेलायतका राजा चार्ल्सको सन्देश

राष्ट्रपति रामचन्द्र पौडेललाई बेलायतका राजा चार्ल्सको सन्देश

काठमाण्डौ । जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजा चार्ल्सले दुुःख व्यक्त गरेका छन् । भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखित भएको उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीवार सन्देश पठाउँदै बताका हुन ।

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तप्पर रहेको उल्लेख गरेको नेपालमा रहेको बेलायती दूतावासले जनाएको छ । यस दुःखद् घडीमा आफ्नो प्रार्थना नेपाली नागरिकसँग रहेको बताउँदै उनले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.