भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पुनः पारित गरेर पठाएको नागरिकता ऐन संशोधन विधेयक पेश गर्ने कार्यसूचि रहेको छ ।

त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन् ।

राष्ट्रिय सभाका सचिव फुयालले प्रतिनिधि सभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५’, ’पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ’सार्वजनिक ऋण व्यवस्थापन विधेयक,

२०७६’ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको ’सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधि सभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभामा टेबुल गर्नेलगायत कार्यसूची रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.