काठमाडौं । भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । पश्चिम नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडितहरुलाई विपदको यस घडीमा मानवीय सहायता उपलब्ध गराउन पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय, सहयोगदाताहरुलाई अपिल समेत गरेको छ ।
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको आकस्मिक बैठकले सो निर्देशन दिएको हो । घाइतेहरुको शिघ्र तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई सचेत गराएछ ।
समितिले सो घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । बैठकले राहत, उद्धार र पुनःस्थापना कार्यलाई पनि प्रभावकारी बनाउन सरकारलाई निर्देश गरिएको समितिले जनाएको छ ।
