भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

राहुल गान्धीले दिएको पुनरावेदन खारेज

राहुल गान्धीले दिएको पुनरावेदन खारेज

एजेन्सी । २ वर्ष जेल सजायविरुद्ध भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धीले दिएको पुनरावेदन अदालतले खारेज गरिदिएको छ । एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त सजाय विरुद्ध गान्धीले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज हुने निर्णय सुनाएको हो । अदालतले गान्धीलाई तत्कालका लागि धरौटीमा छोडेको थियो । अदालतले २ वर्षको जेल सजाय सुनाएसँगै लोकसभा सचिवालयले गान्धीको सांसद पद निलम्बन गरेको थियो ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरको बारेमा गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा दायर गरेका थिए । एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले सबै चोरहरूको मोदी साझा थर कसरी भयो भन्ने प्रश्न गर्दै अभिव्यक्ति दिनुभएको थियो ।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा दायर गरेको थियो । सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.