भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

रुकुम पश्चिम हत्याकाण्ड : मानवताविरुद्धको अपराध ठहर

रुकुम पश्चिम हत्याकाण्ड : मानवताविरुद्धको अपराध ठहर

२० जेष्ठ २०७७ काठमाडाैं । संसदको कानून न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिममा भएको हत्याकाण्डकाे घटनालाई मानवताविरुद्धको अपराध ठहर गरेको छ ।

जेठ १० गते चौरजहारी नगरपालिकामा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकको हत्या भएको थियो । नवराजसहित ५ जनाको शव भेरी नदीमा बाँधेर फालेकाे अस्थामा भेटिएको थियो ।

Dalitएक जनाको अझै हराइरहेको छन् । लखेटी लखेटी हत्या गरिएकाे उक्त घटनामा १२ जना घाइते छन् । ती घाइतेकाे संसदीय समितिले निशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।घटनाकाे निष्पक्ष छानबिन गर्न कुनै राजनीतिक वा प्रभावमा नपरी अनुसन्धान गर्न पनि समितिले निर्देशन दिएको छ ।

श्रृङ्खलावद्ध रुपमा दलितमाथि भइरहेका आक्रमणलाई ख्याल गर्दै तत्काल यस खालका विभेदका विरुद्ध महाअभियान चलाउन पनि समितिले निर्देशन दिएको छ । प्रहरीभित्र दलित सेल स्थापना गरेर छुवाछुतविरुद्धको अभियान प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ ।

लकडाउनमा महिला हिंसा, बालबालिकामाथि हिंसा बलात्कार हिंसा यौनजन्य हिंसा बढिरहेकाले सबै प्रकारका पहलबाट राेक्न पनि समितिले निर्देशन दिएको छ ।