भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप २८८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २०९९

थप २८८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २०९९

२० जेठ २०७७ मंगलबार काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको छ ।

आज थपिएका २८८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमण देखिएकामध्ये १९४९ जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन् ।

हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.