भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

रूसमा पक्राउ परेका पत्रकारलाई रिहा गर्न अमेरिकी राष्ट्रपतिको आह्वान

रूसमा पक्राउ परेका पत्रकारलाई रिहा गर्न अमेरिकी राष्ट्रपतिको आह्वान

वासिङटन । राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गरेका छन् । साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन् ।

आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका हुन् । रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले उनलाई रुसी सैनिककाबारेमा गोप्य सूचना प्राप्त गर्न खोजेको आरोपमा गत बुधबार रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट पक्राउ गरेका थिए ।

पत्रिकाको सम्पादकीय समूहले विचार पृष्ठमा एउटा छोटो टिप्पणी प्रकाशन गर्दै अमेरिकामा रहेका रुसी राजदूत र सबै रुसी पत्रकारलाई देश निकाला गर्नुपर्ने बताएको छ । राष्ट्रपति बाइडेनले तत्काल त्यसो गर्ने सोचमा आफू नरहेको पनि स्पष्ट गरेका छन् । पत्रिकाले पत्रकार इभानलाई सम्बोधन गर्दै लेखको एक पत्रमा उनको रिहाइ एवम् सुरक्षाका लागि हरसम्भव प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । उनको सुरक्षालाई पत्रिकाले उच्च महत्व दिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.