१३ बैशाख २०७७ काठमाडौं । जारी लकडाउनकै कारण कोरोना भाइरसले महामारीको रुप लिन नपाएको सरकारले निचोड निकालेको छ ।
शनिबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निचोड निकालेको हो । लकडाउनकै कारण अहिलेसम्म कोरोना नियन्त्रण अभियान सही ट्र्याकमा रहको निष्कर्श बैठकले निकालेको हो ।
भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएको र लकडाउनको समय थप्ने वा खुकुलो बनाउनेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताईएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा पनि समीक्षा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले बताए ।