भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

लघुवित्त विरुद्ध प्रदर्शन, ऋण मिनाहा गर्न माग

लघुवित्त विरुद्ध प्रदर्शन, ऋण मिनाहा गर्न माग

काठमाडौं । लघुवित्त वित्तीय संस्था विरुद्ध राजधानीमा प्रदर्शन भएको छ । देशभरिबाट आएका लघुवित्त पीडितहरूले लघुवित्त संस्थाहरूले चर्को ब्याज र शुल्क लिएर शोषण गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

माइतीघर, नयाँ बानेश्वर, थापाथली लगायत स्थानबाट विरोध सुरुगरेका ऋणीहरूले ‘नवसामन्तीका रूपमा स्थापित लघुवितीय संस्थाहरू खारेज गर’‚ ‘लघुवित्त वित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर ।’

आम गरीब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर’‚ ‘समाजवादी अर्थतन्त्रको विकास गर’ जस्ता नारा लगाएका छन् । प्लेकार्ड बोकेका प्रदर्शनकारीमा अधिकांश महिला सहभागि भएका छन् ।

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले देशैभरि लघुवित्त वित्तीय संस्थाको ज्यादती विरुद्ध आन्दोलन गर्दै आएको छ । उनीहरूले लघुवित्त वित्तीय संस्थाबाट प्रवाह भएको ऋण मिनाहा हुनुपर्ने माग अघि सारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.