वडाध्यक्षसहित तीन जनाले छोडे कांग्रेस

वडाध्यक्षसहित तीन जनाले छोडे कांग्रेस

बुटवल । नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् । सिद्धार्थनगर नगरपालिका ७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् ।

परित्याग गर्नेमा वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य छन् । कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहेको बताएका छन् ।

नेतृत्वले निर्वाचनका बेला मुल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले पार्टी परित्याग गर्ने‍ निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.