६ साउन २०७७ काठमाडौं । समाज परिवर्तनका निम्ति तीजलाइ सदुपयोग गर्नु पर्ने सन्देश समेटिएको म्युजिक भिडियो बजारमा आएको छ । मानिस सबै समान हुन्, जातिय अहंकार बन्द गर्न समाजलाइ चेतना प्रदान गर्ने मुख्य उदेश्य यस गितमा देख्न र सुन्न पाइन्छ ।
कुरितीको जालो हटाउन सबै एक भएर मानवीयता देखाउन आग्रह गरिएको छ । समाजमा अझै विभिन्न घटना घटिरहेकोले कानुनलाइ कडाइपूर्वक व्यवहारमा लागु गर्नु पर्ने बेला आएको र अब हेपिएर, चेपिएर बस्नु भन्दा अन्यायका विरूद्व लड्नु पर्ने आवाज यसमा उठाइएको छ ।
तीज कोशेली हेर्न यहाँ थिच्नुस्…
डा. मोम विश्वकर्माको प्रस्तुती रहेको यस गीतमा सीता रसाइलीको स्वर रहेको छ । विवि अनुरागीको संगीत रहेको यस म्युजिक भिडियोमा शंकर विसीले निर्देशन गरेका छन् । अन्जली अधिकारीको विशेष अभिनय रहेको यो भिडियोको नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

