विदेशमा ९५६ अलपत्र नेपाली बोकेर आएको जहाज काठमाडौंमा अवतरण

विदेशमा ९५६ अलपत्र नेपाली बोकेर आएको जहाज काठमाडौंमा अवतरण

२४ असार २०७७ काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई विभिन्न वायुसेवा कम्पनीमार्फत ९ सय ५६ जना यात्रुलाई काठमाडौं ल्याईएको छ ।

बुधबार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५० जना, दोहाबाट १ सय ४८ जना, फेरी दोहाबाट १ सय ५४ जना यात्रु काठमाडौं ल्याइएको हो ।

क्वालालाम्पुरबाट १ सय ५१ जना, कतारबाट १ सय ७७ जना, क्वालालाम्पुरबाट मालिन्दो एयरले १ सय ७६ जना नेपाल ल्याईएको छ । नेपाल एयरलाइन्स कतार २ वटा शवसमेत नेपाल ल्याइएको छ ।

 


Thali Mobile Pvt.Ltd.