नेपालगन्ज । विपद् लेखाजोखा तालिम बाकेको नेपालगन्जमा सम्पन्न भएको छ । आइतवार जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको ३ दिने तालिममा सरोकारवालाले विपद् आउनु पूर्व नै दक्षजनशक्ति उत्पादन गर्नेमा जोड दिए ।
डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत बाकेमा संचालित आपत्कालीन प्रतिकार्यको लागि पूर्वतयारी कार्यक्रमद्वारा तालिम सम्पन्न भएको हो । विपद्बाट प्रभावित समुदायको सर्वेक्षण गर्दा स्थानीय तह, नेपाल प्रहरी र रेडक्रसको अनिवार्य सहभागिता हुने भएकोले विपद् आउनु भन्दा पहिला नै दक्षजनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको नेरेसो बाँके शाखा सभापति गोवर्धन सिंह सम्झनाले बताए ।
कार्यक्रममा नेपाल रेडक्रसका उपशाखा, इलाका प्रहरी कार्यालय र स्थानीय तहका प्रतिनिधि, बर्दिया, बाँके र सुर्खेतका जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका प्रतिनिधि गरी ३३ जनाको सहभागिता रहेको थियो । नेरेसो विपद् तथा संकट व्यवस्थापन विभागकी कार्यक्रम संयोजक निरु प्रधान, सूचना प्रविधि विज्ञ दिपक दवाडी र नेरेसो लैङ्गिक तथा समावेसीकरण विभागकी कार्यक्रम अधिकृत पुष्पा खनालको सहजकर्तामा तालिम सम्पन्न भएको हो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेरेसो बाँके शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगी लगायतले तालिमको उपयोगिताका बारेमा बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लुम्बिनी, २९ चैत । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति...
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम...
रूपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने...
नेपालगञ्ज । बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् ।...