भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

वीरगञ्जका एक जनालाई कोरोना संक्रमण, पटनामा उपचार हुँदै

वीरगञ्जका एक जनालाई कोरोना संक्रमण, पटनामा उपचार हुँदै image

वीरगञ्ज । वीरगञ्जका एक जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय एक वृद्धलाई कोरोना संक्रमण भएको पटना मेडिकल कलेजमा जँचाउने क्रममा पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतबाट एक हप्ता पहिले नेपाल फर्केका ती वृद्ध अस्वस्थ भएको चार दिन पछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना गएका थिए। कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार भैरहेको छ।

उनको परिवारका अन्य सदस्यलाई आइसोलेसनमा बस्न पर्साका सिडिओ बिष्णुकुमार कार्कीले निर्देशन दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.