भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

श्रीलंकामा अप्रील २५ को लागि तय भएको स्थानीय निर्वाचन स्थगित

श्रीलंकामा अप्रील २५ को लागि तय भएको स्थानीय निर्वाचन स्थगित

ऐजेन्सी । आर्थिक संकटका कारण श्रीलंकामा अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन स्थगित भएको छ । यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको हो ।

यसअघि गत ९ मार्चका लागि तय गरिएको निर्वाचनको मिति २५ अप्रीलका लागि सारिएको थियो । पोस्टल मतदान विधि अनुसार निर्वाचन तय गरेको श्रींलकाका लागि ५ सय मिलियन डलरको आवश्यकता रहेको आयोगले जनाएको छ ।

यद्दपी सरकारले उक्त रकम जुटाउन असमर्थ भएका कारण निर्वाचन स्थगित गरिएको बुझिएको छ । श्रीलंकामा ४ वर्षका लागि ३ सय ४० स्थानीय परिषदका नयाँ सदस्य नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ ।

गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण निर्वाचन स्थगित गरिएको जनाइएको छ । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.