१३ जेठ २०७७, काठमाडौं । रुकुममा तीनजना दलित युवालाइ लखेटी लखेटी हत्या गरिएको घटनामा त्यहाँका सांसद जनार्दन शर्मा प्रभाकरले बोल्ने क्रममा प्रतिनिधिसभामा हंगामा भएको छ ।
जाजरकोटाका दलित युवक नवराज विकलाइ कुटेर मारेको र हत्यागरी फालेकाे दावी गर्दै साँसदहरले रुकुमस्थित चौजारहरी नगरपालिकामा भएको हत्याका बिषयमा जाेडदार कुरा उठाइरहँदा संसदमा हंगामा भएको हो ।
पूर्वगहृमन्त्रीसमेत रहेका जनार्दन शर्मा प्रभाकर र जाजरकोटका एक पूर्वमन्त्रीसहितले घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाएका छन् । शर्माले बोलिरहँदा दलित सांसदहरुले उठेर आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सम्मालिन आग्रह गरेका थिए ।
https://www.facebook.com/Kailashkhabarnews/videos/3187284391352372/
मानव कलंकका रूपमा घटाइएकाे घटानामा ढाकछाेप नगर्न र अपराधका दाेषीलाइ कारबाहीकाे माग गरिरहदा सभामुख सापकोटाले गम्भिर ध्यानाकर्षण भएकाे बताएका छन् ।
