भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सडक दुर्घटनामा दुई जनाको मृत्यु

सडक दुर्घटनामा दुई जनाको मृत्यु

काठमाण्डौ । काठमाण्डौको बसुन्धारा र जडिबुटीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ का ३५ वर्षका हरिशरण अधिकारीको उपचारका क्रममा मेडिकल कलेज सिनामङ्गलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

बा १९ च ३३०८ नम्बरको भ्यानले बाग्मती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई काठमाण्डौको वसुन्धारामा ठक्कर दिँदा मोटरसाइकलका चालक सुर्खेत भेरीगंगा नगरपालिका–१० का २७ वर्षका उपेन्द्र बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.