भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

सत्ता गठबन्धका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुङ्गियो

सत्ता गठबन्धका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुङ्गियो

काठमाण्डौ । मंसिर ४ गते हुने निर्वाचनका सत्ता गठबन्धनमा किचलो भइरहेको छ । आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने संकेत देखिएको हो । नेपाली कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ८० देखि ९० सिटसम्म दाबी गर्ने हिसाबले कुरा गरेको जनाएको छ । माओवादीले पहिले जितेको ठाउँमा स्वतह सम्बन्धित दलले नै टिकट पाउने र माओवादीले नजितेको ठाउँमा भागबण्डा गर्नुपर्ने मागलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ ।

गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि शीर्ष नेताहरु बैठक बसेको थियो । तर शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ । कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको जिल्लागत प्रतिवेदन पेस गर्न पनि कार्यदललाई निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.