काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत उसु खेलका क्रममा विवाद भएको छ । लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा सुरु उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
फल्ट गणना गर्दा श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरे पछि तनावको स्थिति पैदा भएको छ। श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१ अंक प्राप्त गरे भने भारतका ज्ञानदेश सिंहले ९.१५ र नेपालका हरिप्रसाद गोलले ९.०५ अंक पाएका थिए ।
सोहिक्रममा दर्शकहरूले मैदानमा बोतल फालेपछि खेल रोकिएको छ । अहिले प्रहरीले ग्राउण्ड क्लियर गरेको छ ।
