भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण बाँकेमा फेरि कर्फ्यु

सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण बाँकेमा फेरि कर्फ्यु

काठमाडौं । बाँके जिल्लामा फेरि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा गत मंगलबारबाट लगाइएको कर्फ्यु पुन बिवाद भएपछि स्थानीय प्रशाशनले कर्फ्यु आदेश जारी गरेको हो ।

बिहिबार आंशिक रुपमा खुकुलो बनाइएको भए पनि सामाजिक सञ्जालमा मुस्लिम समुदायमाथि लक्षित गरेर लेखिएको स्टाटसप्रति पुनः विवाद भएपछि कफ्र्यु आदेश जारी जरेको हो । शुक्रबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म आदेश जारी गरेको छ ।

कुनै ब्यक्तिले सामाजिक सञ्जालमा मुस्लिम समुदायप्रति लक्षित गरेर स्टाटस लेखेको विषयलाई लिएर नेपालगञ्जमा तनाव उत्पन्न भएको हो । गत आइतबारयता नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो। हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो ।सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण बाँकेमा फेरि कर्फ्यु

 

 


Thali Mobile Pvt.Ltd.