भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सिसडोलमा सहमतीको कार्यान्वयनको सकस,काठमाण्डौको फोहोर प्रहरीको सहयोगमा विसर्जन

सिसडोलमा सहमतीको कार्यान्वयनको सकस,काठमाण्डौको फोहोर प्रहरीको सहयोगमा विसर्जन

काठमाण्डौ । काठमाण्डौमा थुप्रिएको फोहोर व्यवस्थापन हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । सिसडलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरीको सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पुर्‍याउन थालेको हो । नियमित फोहोर नउठ्दा काठमाण्डौका मुख्य सडकमा फोहोर थुप्रिन थालेको छ ।

शुत्रबारदेखि प्रहरीको सुरक्षामा फोहोर बोकेका गाडी ल्याण्डफिल्ड साइट पुग्न थालेपछि सडकमा थुप्रिएको फोहोर केही दिनमै उठाइसक्ने महानगरपालिकाले जनाएको छ । फोहोरको ढुवानी सहज नहुँदासम्म घरमै व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गरेको छ । फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासिन्दाले गएको १ गतेदेखि फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।

फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने स्थानीयबासिन्दाको माग पूरा गर्ने मौखिक सहमति भैसकेको छ । तर सहमति कार्यान्वयन नभएको भन्दै ल्याण्डफिल्ड साइट नजिकका स्थानीयबासिन्दा आन्दोलनमै छन् । स्थानीयको अवरोध भएपछि काठमाण्डौ महानगरपालिकाले प्रहरीको सुरक्षामा फोहोर विसर्जन गर्न थालेको छ भने शुक्रबार एक सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.