भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सीमा रक्षाका लागि छाङरु पुग्यो सशस्त्र प्रहरी बल

सीमा रक्षाका लागि छाङरु पुग्यो सशस्त्र प्रहरी बल

३१ बैशाख दार्चुला । भारतले सीमा अतिक्रमणका हर्कत गरिरहेका बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्र नजिकै सशस्त्र प्रहरीले उपस्थिति बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा बीओपी स्थापना गरिएको छ ।नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत टोली छाङरु लगिएको थियो ।

२५ जनाको टोली अहिले बीओपीमा छ भने अरुलाई भोलि पठाउने सशस्त्र प्रहरीबलले जनाएको छ ।कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको रहने छ ।

BOPहाललाई छाङ्रु स्थित भाडाको घरमा बीओपी स्थापना गरिएको र चाँडै अस्पतालसहितको भौतिक संरचना बनाउन थाल्ने जनाइएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालको सदन र सडक आवाज उठिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.