काठमाडौं । सुनको मूल्यले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।
चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
