भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सुशासनका क्षेत्रमा नयाँ आयाम छर्दै सरोकार टेलिभिजन दोस्रो बर्षमा प्रवेश

सुशासनका क्षेत्रमा नयाँ आयाम छर्दै सरोकार टेलिभिजन दोस्रो बर्षमा प्रवेश

११ वैशाख २०७७ काठमाडौं । काठमाडौबाट प्रशारण आरम्भ गरिएको सरोकार टेलिभिजन च्यानल दोस्रो बर्षमा प्रबेश गरेको छ । स्थापनाकाल देखि नै आवाज विहिनको आवाज बुलन्द गरिरहेको टेलिभिजन आजबाट दोस्रो वर्षमा प्रवेश गरेको हो । हिमाल, पहाड र तराईका जनजनको जनजीवन नियाल्दै आफ्नो यात्रा अगाडि बढाईरहेको छ ।

काठमाडौंको अनामनगरमा कार्यालय रहेको यस सरोकार टेलिभिजन लोकतन्त्र स्थापना भएको दिन गत बर्ष आजकै दिन शुभारम्भ भएको थियो। टेलिभिजनले समसामयिक राजनीतिक, शैक्षिक, धार्मिक तथा साँस्कृतिक एवं मनोरञ्जनका बिषयबस्तुलाई प्राथमिकताका साथ स्थान दिदैं आएको छ । दर्शकदिर्घाबाट आएका सुझावलाई हृदयगंम गर्दै अगाडि बढ्ने टेलिजिन संचालक दिलिप थापा मगरले बताएका छन् ।

राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमनागरिकको हितमा जिम्मेवारी ढंगले आफुलाई उभ्याउदै सञ्चार जगतमा नयाँ धारलाई स्थापित गर्दै आएको छ । छोटो समयमै आफुलाई नागरिकको रोजाईको टेलिभिजन बनाउन सफल भएकोमा गौरवको अनुभुति संगालेको यसमा कार्यरत कर्मचारीको भनाई छ । सरोकार टेलिभिजनले समाचारसंग संगै पर्यटनका क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कार्यक्रमहरुमा सूचना, पर्यटन, विकास, धर्म, संस्कृतिलगायत सम्पूर्ण नेपाल अटाउने कार्यक्रम, जनप्रतिनिधिका नराम्रा मात्रै होइन राम्रा गतिविधिलाई पनि स्थान दिदै आएको छ ।

विकास र समृद्धिलाई उच्च प्राथमिकता दिदै नागरिकको भावना र सही सूचना सम्पेषणगरी मुलुकलाई गतिशीलतातर्फ अघि बढाउन निरन्तर अघि बढीरहेको सरोकार टेलिभिजनका प्रमुख दिलिप थापामगरले बताएका छन् । आगामी दिनहरुमा टेलिभिजनले जनताका भावनालाई अझ उचाईमा उठाउदै सुशासनका क्षेत्रमा काम गदै अघि बढ्न कैलाश खबरले सरोकार टेलिभिजनलाई शुभकामना व्यक्त गरेको छ ।