काठमाडौँ । नेपाली सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्दै त्यसको जवाफ रक्षामन्त्री ईश्वर पोखरेलले दिनु पर्ने साँसदले माग गरेका छन् । नियन्त्रणका उचित कदम चाल्नुपर्ने र सेनाभित्रको भ्रष्टाचारबारे र प्रधानसेनापति पूर्णचन्द्र थापालाई समितिमा बोलाउनु पर्ने उनीहरुले माग गरेका हुन् । रक्षमन्त्री र प्रधानसेनापति बैठकमा उपस्थित नभएसम्म छलफल गर्न नसकिने भन्दै सांसदहरुले माग गरेपछि बिहीबारको बैठक स्थगित भएको छ ।
सेनाभित्रको भ्रष्टाचार र अनियमितता रोक्नका लागि आवश्यक कानुन बनाउन परे पनि तयार हुनुपर्ने भन्दै रक्षामन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न जरुरी रहेको बैठकमा सहभागी रेखा शर्मा, दिलेन्द्र बडु, अमरेशकुमार रसिंह, झपट रावल, देवेन्द्रराज कँडेल, कृष्णगोपाल श्रेष्ठ, डिला संग्रौला, लालबाबु पण्डित, बृजेशचन्द्र लाल लगायतले जोडदार माग राखे ।
उनीहरुको मागलाई सम्वोधन गर्दै सभापति शशी श्रेष्ठले रक्षामन्त्री र प्रधानसेनापतिलाई रक्षा सचिवमार्फत् बोलाउने जानकारी गराइन् । सांसद डिला संग्रौलाले फास्ट ट्रयाक, सेना मुख्यालय, गण र गुल्म बनाउँदा मात्रै होइन सरुवा र बढुवा गर्दासमेत सेनामा व्यापक भ्रष्टाचार भएको कुरा सार्वजनिक हुनु दुःखद भएको जिकिर गरिन्। सेनामा भएको आर्थिक र नीतिगत भ्रष्टाचार अख्तियारले हेर्न किन नपाउने भन्दै बिहीबारको बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रहेको दाबी गरे ।
मुख्यालयदेखि गण र गुल्ममा समेत भ्रष्टाचार हुने गरेको भन्दै सेनाभित्र आर्थिक पारदर्शीता हुनैपर्ने बताए । सेनाको मुख्य काम विकास निर्माण नभई सुरक्षा गर्नु हो भन्दै साँसदहरुले नेपाली सेनाको पहिलो दायित्व के हो भन्ने स्पस्ट हुनुपर्ने बताए । सेनाले पेट्रोल पम्प, क्याटरिङ चलाएर व्यापार गर्नु ठीक नहुँने भन्दै सांसदले अख्तियारको दायरामा ल्याउनुपर्ने तर्क गरे । बैठककमा सांसद रेखा शर्माले तीन सदस्यीय कार्यदलमा सेनाभित्रका अनियमितताबारे ५० वटा उजुरी परेको बताइन् ।
ती उजुरीमाथि छानविन गरी चार वटा उजुरीमा समितिमा छलफल गर्न आवश्यक ठानेको उनको भनाई छ । नेपाली सेना भनेको देशकै आशा र भरोसाको केन्द्र भएकाले पनि यस्ता गुनासोहरुप्रति गम्भीर हुनुपर्ने उनको भनाई छ । यसअघि पनि समितिमा भ्रष्टाचार बढेको भन्दै उजुरी परेपछि सांसद रेखा शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...