भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सेनाले गरेको भ्रष्टाचारबारे रक्षामन्त्रीले जवाफ दिनुपर्ने

सेनाले गरेको भ्रष्टाचारबारे रक्षामन्त्रीले जवाफ दिनुपर्ने

काठमाडौँ । नेपाली सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्दै त्यसको जवाफ रक्षामन्त्री ईश्वर पोखरेलले दिनु पर्ने साँसदले माग गरेका छन् । नियन्त्रणका उचित कदम चाल्नुपर्ने र सेनाभित्रको भ्रष्टाचारबारे र प्रधानसेनापति पूर्णचन्द्र थापालाई समितिमा बोलाउनु पर्ने उनीहरुले माग गरेका हुन् । रक्षमन्त्री र प्रधानसेनापति बैठकमा उपस्थित नभएसम्म छलफल गर्न नसकिने भन्दै सांसदहरुले माग गरेपछि बिहीबारको बैठक स्थगित भएको छ ।

सेनाभित्रको भ्रष्टाचार र अनियमितता रोक्नका लागि आवश्यक कानुन बनाउन परे पनि तयार हुनुपर्ने भन्दै रक्षामन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न जरुरी रहेको बैठकमा सहभागी रेखा शर्मा, दिलेन्द्र बडु, अमरेशकुमार रसिंह, झपट रावल, देवेन्द्रराज कँडेल, कृष्णगोपाल श्रेष्ठ, डिला संग्रौला, लालबाबु पण्डित, बृजेशचन्द्र लाल लगायतले जोडदार माग राखे ।

उनीहरुको मागलाई सम्वोधन गर्दै सभापति शशी श्रेष्ठले रक्षामन्त्री र प्रधानसेनापतिलाई रक्षा सचिवमार्फत् बोलाउने जानकारी गराइन् । सांसद डिला संग्रौलाले फास्ट ट्रयाक, सेना मुख्यालय, गण र गुल्म बनाउँदा मात्रै होइन सरुवा र बढुवा गर्दासमेत सेनामा व्यापक भ्रष्टाचार भएको कुरा सार्वजनिक हुनु दुःखद भएको जिकिर गरिन्। सेनामा भएको आर्थिक र नीतिगत भ्रष्टाचार अख्तियारले हेर्न किन नपाउने भन्दै बिहीबारको बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रहेको दाबी गरे ।

मुख्यालयदेखि गण र गुल्ममा समेत भ्रष्टाचार हुने गरेको भन्दै सेनाभित्र आर्थिक पारदर्शीता हुनैपर्ने बताए । सेनाको मुख्य काम विकास निर्माण नभई सुरक्षा गर्नु हो भन्दै साँसदहरुले नेपाली सेनाको पहिलो दायित्व के हो भन्ने स्पस्ट हुनुपर्ने बताए । सेनाले पेट्रोल पम्प, क्याटरिङ चलाएर व्यापार गर्नु ठीक नहुँने भन्दै सांसदले अख्तियारको दायरामा ल्याउनुपर्ने तर्क गरे । बैठककमा सांसद रेखा शर्माले तीन सदस्यीय कार्यदलमा सेनाभित्रका अनियमितताबारे ५० वटा उजुरी परेको बताइन् ।

ती उजुरीमाथि छानविन गरी चार वटा उजुरीमा समितिमा छलफल गर्न आवश्यक ठानेको उनको भनाई छ । नेपाली सेना भनेको देशकै आशा र भरोसाको केन्द्र भएकाले पनि यस्ता गुनासोहरुप्रति गम्भीर हुनुपर्ने उनको भनाई छ । यसअघि पनि समितिमा भ्रष्टाचार बढेको भन्दै उजुरी परेपछि सांसद रेखा शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.