भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

स्थानीय उत्पादनलाई प्राथमिकता दिन अचार बनाउने तालिम सम्पन्न

स्थानीय उत्पादनलाई प्राथमिकता दिन अचार बनाउने तालिम सम्पन्न

खोटाङ । स्थानीय उत्पादनलाई प्राथमिकता दिदै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दश दिने अचार बनाउने तालिम सम्पन्न गरेको छ । पुस २२ गतेबाट सुरु भएको अचार बनाउने १० दिने तालिम माघ २ गते समापन भएको हो । अचारका लागि आवश्यक विभिन्न दश स्थानीय उत्पादनबाट फरक–फरक स्वादमा अचार बनाउन तालिम दिइएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले जानकारी दिनुभयो ।

उहाँले अचार बनाने १० दिने तालिममा २१ जना स्थानीय महिलाहरु सहभागि भएको जानकारी दिदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन अचार बनाउने तालिम दिएको बतानुभयो । उहाँनले बजारबाट अचार राख्ने भाडाबाहेक सबै कुरा स्थानीय भएको र हरेक मानिसहरुलाई खाना खाँदा अचार नै चाहिने भएकाले नगरपालिकाले अचार बनाउने तालिम दिएको जानकारी दिनुभयो ।

स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान भन्ने मूल नाराका साथ सुरु भएको तालिमले नगरपालिकालाई आत्मनिर्भर बनाउनेमा महत्वपूर्ण भूमिका खेल्ने नगरपालिकाले जनाएको छ । सीप विकासले मात्रै वेरोजगारी समस्या समाधान हुने भएकाले स्थानीय स्तरमा यस्ता तालिमहरु सञ्चालन हुनुपर्ने सर्वसाधारणको भनाई रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.