भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

स्वास्थ्य सावधानी अपनाउन आग्रह

स्वास्थ्य सावधानी अपनाउन आग्रह

काठमाण्डौ । देशभर चिसोसँगै प्रदूषण पनि बढेकाले मौसम धुम्मिएको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद्हरुले बताएका छन् । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहने र आइतबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जनाइएको छ छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । चिसो बढ्दै गएको छ । चिसोसँगै प्रदूषण पनि बढेको छ । सहरीकरण, जथाभाबी आगो बाल्नु तथा फोहोर जलाउनु, पानी नपर्दा धुलो बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको हो । चिसो र प्रदूषण सँगसँगै बढेकाले स्वास्थ्यमा चुनौती थपिएकाले बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी जोखिम हुने हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.