भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

हरियो खुर्सानी र फर्सी समेत भारतबाट आयात

हरियो खुर्सानी र फर्सी समेत भारतबाट आयात

काठमाण्डौ । काँकडभिट्टा नाका हुँदै गएको आर्थिक वर्ष २०७९र८० मा भारतबाट १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको छ ।
काँकडभिट्टा नाकाबाट मात्रै ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो भित्रिएको हो ।

३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात भएको तथ्याकंले देखाएको छ ।

यो एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी समेत भारतबाट ठूलो मात्रामा आयात भएको छ । पहाडी जिल्लामा नबिकेर किसानले गाईभैँसीलाई खुवाउँने फर्सी पूर्वी नाकाबाट आर्थिक वर्ष २०७९ र ८० मा सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन आयात भएको तथ्यांकले देखाएको छ ।

भान्सामा उपभोग हुने खाद्यवस्तु फर्सी र कोदोमात्र होइन, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भारतबाट उच्च मात्रामा आयात भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.