काठमाडौं । नेपालमा भएका हवाई दुर्घटनाबाट हालसम्म ८ सय ९७ जनाले ज्यान गुमाएका छन् । सन् १९५५ यता ३५ आन्तरिक, ८ अन्तर्राष्ट्रिय विमान र १७ हेलिकोप्टर दुर्घटनामा ८ सय ९७ जनाले ज्यान गुमाएका हुन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक अनुुसार नेपालमा कहिले र कहाँ विमान दुर्घटना भए ?
बहुइञ्जिन भएका विमान दुर्घटना
नेपाल एयरलाइन्सको विमान ५ नोभेम्बर १९६० भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान १ अगस्त १९६२ तुलाच्चनधुरीमा दुर्घटना हुँदा १० जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान १२ जुलाई १९६९ मा हेटौँडानजिक दुर्घटना हुँदा ३५ जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान २५ जनवरी १९७० नयाँ दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान २२ डिसेम्बर १९८४ चक्लेटीडाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।
एभरेस्ट एयरको विमान ३१ जुलाई १९९३ सोलीघोप्टेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान १४ जनवरी १९९५ काठमाडौं विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु । सांग्रिला एयरको विमान २१ अगस्त १९९८ मा म्याग्दीको चुच्चेखर्कमा दुर्घटना हुँदा १८ जनाको मृत्यु । नेकन एयरको विमान ५ सेप्टेम्बर १९९८ मा काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।
स्काइलाइन एयरलाइन्सको विमान २५ डिसेम्बर १९९९ मा मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु भयो भने १९९९ मै नेकन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।
कस्मिक एयरको विमान २६ फेब्रुअरी २००० बझाङमा दुर्घटना हुँदा १ जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान २७ जुलाई २००० मा डडेलधुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु ।
स्काइलाइन एयरलाइन्सको विमान १७ जुलाई २००२ मा सुर्खेतको गदगदेडाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु । सांग्रिला एयरको विमान २२ अगस्त २००२ मा पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु । बुद्ध एयरको विमान २१ अप्रिल २००४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १ जनाको मृत्यु । यती एयरलाइन्सको विमान २५ मे २००४ मा सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।
यती एयरलाइन्सको विमान १२ जुन २००६ माजुम्ला विमानस्थलमा दुर्घटना हुँदा ९ जनाको मृत्यु । यती एयरलाइन्सको विमान ८ अक्टुबर २००८ मा लुक्ला विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु । अग्नि एयरको विमान २४ अगस्त २०१० मा मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु ।
तारा एयरको विमान १५ डिसेम्बर २०१० ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु । बुद्ध एयरको विमान २५ सेप्टेम्बर २०११ मा ललितपुरको कोतडाँडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु । अग्नि एयरको विमान १४ मे २०१२ मा जोमसोम विमानस्थलमा दुर्घटना हुँदा १५ जनाको मृत्यु । २८ सेप्टेम्बर २०१२ मा सिटा एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना हुँदा १९ जनाको मृत्यु ।
१६ फेब्रुअरी २०१४ मा नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा १८ जनाको मृत्यु । २४ फेब्रुअरी २०१६ मा तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना हुँदा २३ जनाको मृत्यु । २७ मे २०१७ मा समिट एयरको विमान लुक्ला विमास्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु । १४ अप्रिल २०१९ मा समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु।
नेपालमा हेलिकप्टर दुर्घटना
नेपाल एयरवेजको हेलिकप्टर २४ जनवरी १९९६ मा दुर्घटना हुँदा १ जनाको मृत्यु । भीभीआईपी हेलिकप्टर २७ डिसेम्बर १९७९ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु । एसियन एयरलाइन्सको हेलिकप्टर २४ अक्टोबर १९९८ मा मूलखर्कमा दुर्घटना हुँदा ३ जनाको मृत्यु । फिस्टेल एयरको हेलिकप्टर १२ नोभेम्बर २००१ मामुगुको रारा लेकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु । एसियन एयरलाइन्सको हेलिकप्टर ३० सेप्टेम्बर २००२ मासोलुखुम्बुमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।
सिम्रिक एयरको हेलिकप्टर २८ मे २००३ मा एभरेस्ट बेस क्याम्पमा दुर्घटना हुँदा २ जनाको मृत्यु । एयर डायनास्टी हेली सर्भिसको हेलिकप्टर ४ जनवरी २००५ मा रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु । श्री एयरलाइन्सको हेलिकप्टर २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।
फिस्टेल एयरको हेलिकप्टर ७ नोभेम्बर २०१० मा माउन्टेन अमादाबलाममा दुर्घटना हुँदा २ जनाको मृत्यु । फिस्टेल एयरको हेलिकप्टर १९ जुन २०१३ सिमिकोटमा दुर्घटना हुँदा १ जनाको मृत्यु । फिस्टेल एयरको हेलिकप्टर ३ अगस्त २०१४ सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १ जनाको मृत्यु । माउन्टेन हेलिकप्टर – २ जुन २०१५ मा सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।
फिस्टेल एयरको हेलिकप्टर ८ अगस्त २०१६ मा नुवाकोटको बेतनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु । मनाङ एयरको हेलिकप्टर १४ अगस्त २०१८ हुम्लाको हिस्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु । अल्टिच्युड एयरको हेलिकप्टर ८ सेप्टेम्बर २०१८ मा धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु । एयर डाइनास्टीको हेलिकप्टर २७ फेब्रुअरी २०१९ मा ताप्लेजुङको पाथिभारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो।
सिंगल इञ्जिन भएको विमान दुर्घटना
नेपाल एयरलाइन्सको विमान ३१ मार्च १९७५ मा काठमाडौंको बौद्धमा दुर्घटना हुँदा ५ जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान ३० अक्टुबर १९८१ मा विराटनगरमा दुर्घटना हुँदा १० जनाको मृत्यु । नेपाल एयरलाइन्सको विमान – २० नोभेम्बर १९९८ फक्दिङमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।
नेकन एयरको विमान १३ जनवरी १९९९ जुम्लामा दुर्घटना हुँदा ५ जनाको मृत्यु । एयर काष्ठमण्डपको विमान २६ फेब्रुअरी २०१६ मा कालिकोटको चिल्खायामा दुर्घटना हुँदा २ जनाको मृत्यु । मकालु एयरको विमान १६ मे २०१८ सिमकोटपासमा दुर्घटना हुँदा २ जनाको मृत्यु । तारा एयरको विमान २९ मे २०२२ मा मुस्ताङको लार्जुङमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।
नेपालमा रिक्रिएसनल एयरक्राफ्ट दुर्घटना
पोखरा अल्ट्रालाइटको एयरक्राफ्ट १० अगस्त २०१५ मा कास्कीको माछापुछ्रेमा दुर्घटना हुँदा २ जनाको मृत्यु। एभिया क्लबको एयरक्राफ्ट ३ अक्टोबर २०१३ मा पोखराको शान्ति स्तुपामा दुर्घटना हुँदा २ जनाको मृत्यु। एभिया क्लबको एयरक्राफ्ट २३ नोम्भेम्बर २०१६ पोखरामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो ।
विदेशमा दर्ता भई नेपालमा भएको दुर्घटना
इन्डिया एयरलाइन्सको विमान १५ मे १९५६ काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु। कालिंगा एयरको विमान ३० अगस्त १९५५ सिमरामा दुर्घटना हुँदा २ जनाको मृत्यु। इन्डिया एयरलाइन्सको विमान २४ मार्च १९५८ मा पत्ने भन्ज्यांगमा दुर्घटना हुँदा २० जनाको मृत्यु। थाई एयरवेज इन्टर्नेशनलको विमान १० मे १९७२ दुर्घटना हुँदा ११३ जनाको मृत्यु।
पाकिस्तान इन्टर्नेशनल एयरलाइन्सको विमान २८ सेप्टेम्बर १९९२ मा दुर्घटना हुँदा १६७ जनाको मृत्यु। लुफ्तान्सा विमान ७ जुलाई १९९९ मा काठमाडौंको भस्मासुर हिलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु। युएस बंगलाको विमान १२ मार्च २०१८ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो ।
