भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

हात चिर्न लगाउने शिक्षिका प्रहरीको नियन्त्रणमा

हात चिर्न लगाउने शिक्षिका प्रहरीको नियन्त्रणमा

काठमाडौं । कम नम्बर ल्याएको भनेर विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएर छलफल गर्दा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।

यस्तो छ घटना

सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिईन। परीक्षामा राम्रो नम्बर नल्याउने विद्यार्थीको हात चिरिदिने चेतावनी समेत दिईन् । परीक्षाफल पनि उस्तै र¥यो ।परीक्षामा राम्रो नम्बर नल्याएको भन्दै बिहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याएर ब्लेडले आफ्नो हातमा आफैं चिर्न निर्देशन दिइन् ।

त्यो निर्देशन नमाने विद्यार्थीको हात आफैं चिरिदिने धम्की समेत दिईन । धम्की दिएपछि विद्यार्थीहरुले आ(आफ्नो हात काटेको पीडित विद्यार्थीहरुले बताएका छन् । कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ देखि २० पटक ब्लेडले हात चिरिएको छ । २५ जना कक्षा ६ मा र सातमा अध्ययनरत नौ विद्यार्थीको हात चिरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.