१३ बैशाख २०७७ काठमाडौं । हुम्लाको सिमकोट गाँउपालिकामा भोकमरीको समस्या हुन थालेको स्थानीयले बताएका छन् । लकडाउनको अवस्थामा एक वडाबाट अर्को वडामा जाने अवस्था नरहेकाले झन समस्या हुने उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
कैलाश खबरको कोरोना कहर टक शो मा टेलिफोन सम्वाद गर्दै लकडाउनका बेला जनजीवन प्रभावित भएको हुम्लाबाट पर्वत सुनारले बताएका छन् । पैसा भएर पनि अन्न किन्न नपाईने अवस्थाले यहाँका वासिन्दा झन मर्कामा परेको उनको भनाई छ ।
कृषिको सिजन शुरु भएको छ, वर्षभरी खान पुग्दैन, लगाएको बालीले ३ महिना मात्र पुग्ने भन्दै उनले यो लकडाउनमा विशेष गरी दलित बस्ती समस्यामा परेको बताए । भएको खाधान्न सकिने अवस्थामा रहेकाले स्थानीयमा भोकमरीको समस्या शुरु भएको छ ।
उनले भने, गाँउपालिकाले ३ केजी चामल राहत बाँड्ने त भनेको छ, तर यो चामले खाने की हेर्ने ? डाँडाखायाको दलित वस्तीका मानिसले दाउरा विक्री गरेर पेट पाल्ने गरेकोमा अहिले ठप्प हुदा झन खानेकुराको समस्यामा छन् ।
आयस्रोत रोकिएकाले किनेर खानेको समेत समस्या भएको छ । मजदुरी गरेर खानेको विचल्ली भएको छ । राहत वितरण भएको छैन, भएपनि ३ केजी राहतले केहि पनि नहुने भन्दै सुनारले अनिश्चित लकडाउनका दलित बस्ती मर्कामा परेको उनको भनाई छ।
बाँकी यो भिडियो हेर्नुहोस्….
त्यस्तै वडा नं. ७ सिमकोटका वडाअध्यक्ष राजबहादुर शाहीले वडामा समस्या भएको बताए । यातायात नपुगेकाले खाधान्नको समस्या भएको बताए । प्लेनको मुख ताक्नु पर्ने भएकाले लकडाउनमा प्लेन पनि नचल्ने बताए ।
सरकारले यस विषयमा गम्भिर भएर सोच्नु पर्ने भन्दै कोरोना रोकथाम तथा नियन्त्रण गर्न आवतजावतमा कडाइ गरेको बताए । बाहिरबाट आएकालाई रानीवन क्वारेन्टीनमा राख्ने गरेको बताए । सिमकोटका ८ वडामा राहत वितरण नभएको भन्दै शाहीले राहतको कुपनकार्ड मात्रै वितरण भएको बताए ।
अहिले सम्म रोड नपुगेकोले प्लेनको मुख ताक्नु पर्ने अवस्थाले यहाँका मानिस झन समस्यामा परेका छन् । दुर्गम वडा भएकाले ८० प्रतिशतलाई राहत वितरण गर्नु पर्नेमा गाउँपालिकाले वितरण गर्ने भनेको राहत २० प्रतिशतलाई पनि नपुग्ने उनको भनाई छ ।
गाउँपालिका नै भौगोलिकरुपमा विकट छ । उत्पादन खासै हुदैन । खाधान्न किन्न पनि पाँउदैन । दिनभरी भारी बोक्ने अनि दाउरा बेचेर पेट पाल्ने नागरिकको अहिले निकै समस्या छ । अलपत्र नागरिक धेरै छन् ।
काठमाडौं, नेपालगंज, सुर्खेतमा पढ्न गएका विद्यार्थी उतै अलपत्र परेका छन् । नेपालगञ्जमा हुम्लाका धेरै विरामी अड्कीएर बसेका छन् । प्रदेश सरकारलाई जानकारी दिईएका छौं तर सुनुवाईमा ढिलाई भएको छ । जनप्रतिनिधि लाचार बने भन्ने स्थानीयको आरोप छ । गाउँपालिकामा आएको २० लाख राहतले यहाँ नागरिकमा केहि हुनेवाला छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घरमा क्षति भएपछि सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका बढी समस्यामा परेका छन् । त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण विभिन्न खालका स्वास्थ्य समस्या...
जाजरकोट । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको महिना हुन लागेको छ ।...
काठमाडौं । रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ । नेपाल र बेलायतबीच नर्स लैजाने सहमति भएअनुसार वैदेशिक रोजगार विभागले अन्तरवार्ताका लागि ७१ जना नर्स...
काठमाडौं । सम्पर्कविहीन भएका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै हाजिर आग्रह गरेको हो ।...