भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

हुम्ला सिमकोटमा भोकमरी, दैनिक ज्यालादारी गरि खाने समस्यामा (भिडियाे सम्वाद)

हुम्ला सिमकोटमा भोकमरी, दैनिक ज्यालादारी गरि खाने समस्यामा (भिडियाे सम्वाद)

१३ बैशाख २०७७ काठमाडौं । हुम्लाको सिमकोट गाँउपालिकामा भोकमरीको समस्या हुन थालेको स्थानीयले बताएका छन् । लकडाउनको अवस्थामा एक वडाबाट अर्को वडामा जाने अवस्था नरहेकाले झन समस्या हुने उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

कैलाश खबरको कोरोना कहर टक शो मा टेलिफोन सम्वाद गर्दै लकडाउनका बेला जनजीवन प्रभावित भएको हुम्लाबाट पर्वत सुनारले बताएका छन् । पैसा भएर पनि अन्न किन्न नपाईने अवस्थाले यहाँका वासिन्दा झन मर्कामा परेको उनको भनाई छ ।

कृषिको सिजन शुरु भएको छ, वर्षभरी खान पुग्दैन, लगाएको बालीले ३ महिना मात्र पुग्ने भन्दै उनले यो लकडाउनमा विशेष गरी दलित बस्ती समस्यामा परेको बताए । भएको खाधान्न सकिने अवस्थामा रहेकाले स्थानीयमा भोकमरीको समस्या शुरु भएको छ ।

उनले भने, गाँउपालिकाले ३ केजी चामल राहत बाँड्ने त भनेको छ, तर यो चामले खाने की हेर्ने ? डाँडाखायाको दलित वस्तीका मानिसले दाउरा विक्री गरेर पेट पाल्ने गरेकोमा अहिले ठप्प हुदा झन खानेकुराको समस्यामा छन् ।

आयस्रोत रोकिएकाले किनेर खानेको समेत समस्या भएको छ । मजदुरी गरेर खानेको विचल्ली भएको छ । राहत वितरण भएको छैन, भएपनि ३ केजी राहतले केहि पनि नहुने भन्दै सुनारले अनिश्चित लकडाउनका दलित बस्ती मर्कामा परेको उनको भनाई छ।

बाँकी यो भिडियो हेर्नुहोस्….

त्यस्तै वडा नं. ७ सिमकोटका वडाअध्यक्ष राजबहादुर शाहीले वडामा समस्या भएको बताए । यातायात नपुगेकाले खाधान्नको समस्या भएको बताए । प्लेनको मुख ताक्नु पर्ने भएकाले लकडाउनमा प्लेन पनि नचल्ने बताए ।

सरकारले यस विषयमा गम्भिर भएर सोच्नु पर्ने भन्दै कोरोना रोकथाम तथा नियन्त्रण गर्न आवतजावतमा कडाइ गरेको बताए । बाहिरबाट आएकालाई रानीवन क्वारेन्टीनमा राख्ने गरेको बताए । सिमकोटका ८ वडामा राहत वितरण नभएको भन्दै शाहीले राहतको कुपनकार्ड मात्रै वितरण भएको बताए ।

अहिले सम्म रोड नपुगेकोले प्लेनको मुख ताक्नु पर्ने अवस्थाले यहाँका मानिस झन समस्यामा परेका छन् । दुर्गम वडा भएकाले ८० प्रतिशतलाई राहत वितरण गर्नु पर्नेमा गाउँपालिकाले वितरण गर्ने भनेको राहत २० प्रतिशतलाई पनि नपुग्ने उनको भनाई छ ।

गाउँपालिका नै भौगोलिकरुपमा विकट छ । उत्पादन खासै हुदैन । खाधान्न किन्न पनि पाँउदैन । दिनभरी भारी बोक्ने अनि दाउरा बेचेर पेट पाल्ने नागरिकको अहिले निकै समस्या छ । अलपत्र नागरिक धेरै छन् ।

काठमाडौं, नेपालगंज, सुर्खेतमा पढ्न गएका विद्यार्थी उतै अलपत्र परेका छन् । नेपालगञ्जमा हुम्लाका धेरै विरामी अड्कीएर बसेका छन् । प्रदेश सरकारलाई जानकारी दिईएका छौं तर सुनुवाईमा ढिलाई भएको छ । जनप्रतिनिधि लाचार बने भन्ने स्थानीयको आरोप छ । गाउँपालिकामा आएको २० लाख राहतले यहाँ नागरिकमा केहि हुनेवाला छैन ।

 


Thali Mobile Pvt.Ltd.