काठमाडौँ । देशभर १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ३१३ संक्रमित थपिएको बताए । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
यो अवधिमा १ हजार ४५५ जना निको भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ । १८ हजार २८९ जनामा सक्रिय संक्रमण छ ।
