भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

४९ वटा गाडी चोभार सुक्खा बन्दरगाहमा

४९ वटा गाडी चोभार सुक्खा बन्दरगाहमा

काठमाण्डौ । ४९ वटा गाडी सुक्खा बन्दरगाहमा आइसकेका छन् । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउने क्रम बढेको छ । गएको असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउन शुरु भएइको हो ।

गाडी आउन सहजीकरण गरिएको र नाडा अटोमोबाइल्स एसोसिएशनसँग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रक्रिया गराउन सबै व्यवस्था भएको जनाएको छ । अहिलेसम्म साङ्ग्रिला मोटर्स प्रालीको पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरू जिओ अटोमोबाइल्स प्रालीको पाँच सय वटा पीक अप गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास गर्ने गरी आएका हुन् ।

गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो । आन्तरिक टर्मिनलमा पनि पार्किङ एवम् गोदाम प्रयोगका लागि आउने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आउने मालवाहक एवम् नयाँ गाडीका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवम् गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ ।

जसका कारण अहिलेसम्म चोभार सुक्खा बन्दरगाहमा एक सय ७६ वटा कन्टेनर र ४९ वटा नयाँ गाडी भन्सार जाँच पासका लागि आइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.