भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

४९ वटा गाडी चोभार सुक्खा बन्दरगाहमा

४९ वटा गाडी चोभार सुक्खा बन्दरगाहमा

काठमाण्डौ । ४९ वटा गाडी सुक्खा बन्दरगाहमा आइसकेका छन् । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउने क्रम बढेको छ । गएको असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउन शुरु भएइको हो ।

गाडी आउन सहजीकरण गरिएको र नाडा अटोमोबाइल्स एसोसिएशनसँग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रक्रिया गराउन सबै व्यवस्था भएको जनाएको छ । अहिलेसम्म साङ्ग्रिला मोटर्स प्रालीको पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरू जिओ अटोमोबाइल्स प्रालीको पाँच सय वटा पीक अप गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास गर्ने गरी आएका हुन् ।

गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो । आन्तरिक टर्मिनलमा पनि पार्किङ एवम् गोदाम प्रयोगका लागि आउने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आउने मालवाहक एवम् नयाँ गाडीका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवम् गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ ।

जसका कारण अहिलेसम्म चोभार सुक्खा बन्दरगाहमा एक सय ७६ वटा कन्टेनर र ४९ वटा नयाँ गाडी भन्सार जाँच पासका लागि आइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.