भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

उप मेयर कप फुटबल प्रतियोगिताको फाइन खेलमा झडप, मरणासन्न हुने गरि कुटिए पत्रकार

उप मेयर कप फुटबल प्रतियोगिताको फाइन खेलमा झडप, मरणासन्न हुने गरि कुटिए पत्रकार

अछाम । कमल बजार नगरपालिकाले आयोजना गरेको उप मेयर कप फुटबल प्रतियोगिताको फाइन खेलमा झडप भएको छ ।

झडपमा पत्रकार कुटीएका छन् । कार्तिक ४ गतेदेखि आयोजना गरिएको उपमेयर कप फुटबल प्रतियोगिताको सोमबार फाइन खेल थियो । सोही क्रममा रिपोर्टिङ गर्न गएका दैलेखका पत्रकार लोकेन्द्र विश्वकर्मा घाइते भएका हुन ।

प्रहरीले गालीगलोज गर्दै कुटपिट गरेको पीडित पत्रकार विकले बताए । झडप हुन थालेपछि दृश्य कैद गर्न लागेका बेला पत्रकार विश्वकर्माको क्यामेरा खोसेर भुईमा बझारेको पत्रकार विश्वकर्माको भनाई छ ।

प्रहरी इन्सपेक्टर भाष्कर चन्दले पत्रकार विश्वकर्मालाई हुलमा कस्ले कुटपिट गरे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । झडप भएको केही समय पछि मात्र आफु घटनास्थल पुगेको उनले कैलाश खबरलाई बताए ।

अभद्र व्यवहार पनि नगरेको भन्दै झडप नियन्त्रण गर्नु प्रहरीको दायित्व भएकाले प्रहरीको तर्फबाट कुनै गल्ती भए आफूले माफि चाहेको प्रतिक्रिया दिए ।

हुलमूलमा नचिनेर पनि केही गल्ती हुन सक्ने उनको भनाइ छ । यस्ता घटनामा दोषी जो भए पनि कारबाहीको भागिदार हुनुपर्ने पीडित पक्षको माग छ ।

 


Thali Mobile Pvt.Ltd.