अमुल्य वन पैदावरहरु सडेर दिनदिनै माटोमा परिणत हुदै

अमुल्य वन पैदावरहरु सडेर दिनदिनै माटोमा परिणत हुदै

सिन्धुली । अमुल्य काठ दाउरा सिन्धुलीमा वन जंगलमा सड्न थालेका छन्। सरकारले वन ऐन नियमावली २०७९ बाट ल्याएको वन पैदावर बिक्री वितरण मापदण्ड अनुसार वन पैदावर लिलाम विक्री वितरण हुन नसक्दा वन पैदावरहरु वन जंगमै सडन थालेका हुन् ।

सरकारी ऐन नियम अव्यवहारिक र असहज बनेका कारण वन जंगलहरुमा लाखौं, करोडौं मूल्य वरावरका अमुल्य वन पैदावरहरु सडेर दिनदिनै माटोमा परिणत हुदै गएका छन् । पछिल्लो समय वन जंगलमा काठ सड्ने अवस्था भएपछि पुरानो मापदण्ड क्वाटर गर्थ फर्मुलामा फर्किन नसकिए सिन्धुलीको करिव एक करोड बरावरको सरकारी राजस्व समेत सडेर जाने देखिएको छ ।

सरकारद्वारा गोलिया काठ मापनमा अगाडि सारिएको नयाँ प्रणाली अव्यवहारिक भएका कारण सिन्धुलीको मरिण डिभिजन र सिन्धुली डिभिजनका धेरै स्थानमा रहेका वनहरुबाट लिलामी प्रक्रिया हुन नसकेको हो ।

 


Thali Mobile Pvt.Ltd.