५ असार २०७७ काठमाडौं । कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा रिकभरी हुने स्थिति अझै पनि रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताएका हुन् ।
हेर्नुहाेस भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/952414248496715/
भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदासमेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको उनको जिकिर छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरू कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृंखलालाई सहज बनाउन सजिलो हुने ठहर गरे ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरूमा सरकारले सहजीकरण गरिरहेको भन्दै बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको बताए । उनले मुलुकमा झण्डै तीन चौथाइ लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सिन नसक्ने बताए ।