भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नाकाबन्दीको संकेत : नाकामा भारतले रोकिदियो नेपाली मालबाहक ट्रक

नाकाबन्दीको संकेत : नाकामा भारतले रोकिदियो नेपाली मालबाहक ट्रक

५ असार २०७७ झापा । पश्चिम बङ्गाल सरकारले नेपालका मालवाहक गाडी भन्सारमै रोकिदिएको छ । केन्द्रीय सरकारको निर्देशनविपरीत पश्चिम बङ्गाल राज्य सरकारले काँकडभिट्टा-रानीगन्ज नाकाबाट भारत तथा बङ्गलादेश निर्यात हुने नेपाली वस्तु ठप्प पारेपछि नेपाली महावाणिज्यदुतावासले ध्यानाकर्षण गराएको छ ।

कोलकातास्थित नेपाली महावाणिज्यदुतावासको नाका सुचारु गराउन लेखेको पत्रलाई बेवास्ता गर्दै बङ्गाल सरकारले भारत तथा बंगलादेश निर्यात हुन लागेका सामान बोकेका २२ वटा ट्रक मेची पुलमा रोकिदिएको हो । ती ट्रकमा नेपाली वस्तु चिया, अलैंची र अम्रिसो लोड गरिएको छ। चिया र अलैंची भारत तथा अम्रिसो बङ्गलादेश निर्यात हुँदै आइरहेको छ।

पुलमा ट्रक रोकिँदा आयातमा समस्या परेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाबाट व्यवसायीले भारत तथा बङ्गलादेश निर्यातका लागि सामान पठाएको थियो । भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले मेची पुलमै गाडीहरू रोकिदिए पछि तनाव सृजना भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले बताए।

नेपाली महावाणिज्यदूतावासका निमित्त वाणिज्यदूत नारायणप्रसाद शर्माले बङ्गाल सरकारका मुख्य सचिव राजीव सिंहलाई पत्र लेखेका छन । पत्रमा भनिएको छ, निरन्तर तथा सहज रूपमा त्यस नाकाबाट आयात मात्र भइरहेकोले निर्यात पनि खुलाइदिन ध्यानाकर्षण गराइन्छ ।

 


Thali Mobile Pvt.Ltd.