भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

अर्थ मन्त्रालयका उपसचिवले कुम्ल्याएकाे कालोधन जफत गर्न माग

अर्थ मन्त्रालयका उपसचिवले कुम्ल्याएकाे कालोधन जफत गर्न माग

काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले आर्जन गरेको चार करोड ६८ लाख ४८ हजार अवैध सम्पत्ति अख्तियारले छानबिन गर्दै छ । उपसचिव ढुंगानाले सार्वजनिक पदको दुरूपयोग गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको आधारमा छानबिन गर्न लागेको हो ।

छानबिनका क्रममा ढुंगानाले करिब पौने पाँच करोड अवैध सम्पत्ति आर्जन गरेको भेटिएको छ। ढुंगानाले निजामती सेवा प्रवेश गरेको मिति १९ साउन ०४९ देखि ३२ असार ०७५ सम्मको सम्पत्ति अख्तियारले छानबिन गरेको थियो । यस अवधिमा उनले आर्जन गरेको वैध सम्पत्ति ७९ लाख ५४ हजार रुपैयाँ मात्र रहेको जनाएको छ । तर, छानबिनमा उनीसँग पाँच करोड ३५ लाख रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।

नखुलेको चार करोड ६८ लाख सम्पत्ति ढुंगानाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको कालोधन ठहर गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले ढुंगानाले गैरकानुनी रूपमा आर्जन गरेको चार करोड ६८ लाख जफत गरी पाउन मागदाबी समेत गरेको छ । स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा समेत राखिएको पाइएपछि अख्तियारले त्यस्तो दाबी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.