भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अवैध रूपमा सञ्चालित बर्दिबासका पाँच अस्पताल बन्द

अवैध रूपमा सञ्चालित बर्दिबासका पाँच अस्पताल बन्द

महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बर्दिबासका पाँच अस्पताल बन्द भएका छन् । अनुगमनका क्रममा अवैध देखिएको भन्दै मुख्यमन्त्रीले अस्पताल बन्द गर्न निर्देशन दिएपछि ती अस्पताल शनिबारदेखि बन्द भएका हुन् ।

बर्दिवास–१ स्थित बजार क्षेत्रमा सञ्चालित पिनाकल हस्पिटल, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि र खोमुसरा डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन अनुमति नलिएको र कागजपत्र चुस्त नदेखिएको भन्दै मुख्यमन्त्री सिंहले तत्काल अस्पताल बन्द गर्न निर्देशन दिएका थिए ।

शुक्रबार मुख्यमन्त्री सिंहले बर्दिबासका आठ अस्पताल अनुगमन गर्दै पाँच अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन् ।बन्द भएका अस्पताललाइ कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएर मात्र सञ्चालनमा आउन निर्देशन दिएका छन् ।

त्यस्तै,अनुगमन गरिएका अन्य जनसेवा हस्पिटल प्रालि, डीएबी मेडिकेयर सेन्टर र महेन्द्र डेन्टल क्लिनिक प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न सिंहले निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.