काठमाडौं ।बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि देखि खुल्ने भएका छन् ।
६ दिने दशैं बिदा सकिएसँगै कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो ।
दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ ।
दशैंमा सुनसान बनेको उपत्यकामा चहलपहल बढेको छ ।
आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् ।
