भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

आज प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

आज प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

चैत १९ मंगलबार ।प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन् । प्रधानमन्त्रीओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ जान लाग्नुभएको हो ।

मङ्गलवार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली दिउँसो साढे १ बजे थाइ एअरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले पर्सि बिहीवार बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ भने त्यही दिन दिउँसो एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन ।प्रधानमन्त्री ओली २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम छ ।रासस

 


Thali Mobile Pvt.Ltd.