भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज रास्वपाको स्थापना दिवस, सबै दलका नेतृत्वकाे जमघट

आज रास्वपाको स्थापना दिवस, सबै दलका नेतृत्वकाे जमघट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज स्थापना दिवस । पहिलो वार्षिकोत्सव मनाउँदै गरेको रास्वपाले स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम राखेर सबैलाई निम्ता गरेको छ ।

बालाजुस्थित पार्टी कार्यालयमा हुने चियापानमा सबै राजनीतिक दलका नेतृत्वलाई बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायत विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि बोलाइएको छ । गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ । यो अवधिमा रास्वपाले वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरेको छ ।

साताव्यपी कार्यक्रमको अन्तिम दिन आज चियापानको आयोजना गरेको हो । रवि लामिछानेको नेतृत्वमा स्थापना भएको रास्वपाले एक वर्ष नबित्दै प्रतिनिधिसभामा २१ सिटसहित दरिलो उपस्थिति जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.