भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

आज विश्व दूध दिवस भव्यताकासाथ मनाइँदै

आज विश्व दूध दिवस भव्यताकासाथ मनाइँदै

काठमाडौं । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २३औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाउन लागिएको हो । आम जनताले दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।

दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने तयारी गरिएको हो ।

आज नेपाल डेरी एशोसिएसनले नवीकरण आश्रमका बालबलिाका, ललितपुरमा दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो। नेपाल डेरी एशोसिएसन बागमती प्रदेशले सोही आश्रमका बालबालिकाको पढाइ र खानपिनका लागि रु एक लाख हस्तान्तरण गरेको छ ।

त्यसैगरी भोलि डेरी उद्योग सङ्घले आमाघरका वृद्धवृद्धालाई कालिमाटीमा बिहान दूध तथा दुग्ध पदार्थ वितरण गर्नुका साथै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुग्ध क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूको सम्मान गर्ने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.