भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

उदयपुरमा थप एकजनासंगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

उदयपुरमा थप एकजनासंगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

९ बैशाख २०७७ काठमाडौं । उदयपुरको मस्जिदका थप एकजनालाई कोरोना संक्रमित भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केस्थित मस्जिदकै अर्का एकजना ३८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

मस्जिदमा रहेका १३ जनालाई यसअघि कोरोना भएको पुष्टी भएको थियो । सो मस्जिदमा १२ भारतीय र ४ जना नेपाली बसेका थिए । चारजना निको भएर घर फर्किएका छन् भने अहिले विभिन्‍न अस्पतालमा २७ जना बिरामीको उपचार भइरहेको छ । टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एकजना र कैलालीस्थित सेती अस्पतालबाट एकजना उपचार गरेर घर फर्किसकेका छन् ।

अहिले टेकु अस्पतालमा एकजना, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा ४ जना, बागलुङको धौलागिरि अस्पतालमा अस्पतालमा १ जना, सेती अस्पतालमा चारजना, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुईजनाको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।