११ बैशाख २०७७ काठमाडाैं । क्षेत्रफलका हिसावले वडा न. १ ठूलो वडा भएकाले ६ क्षेत्रमा विभाजन गरेर कोरोना नियन्त्रण तथा राहतका कार्यहरु सम्पादन गरिरहेको भक्तपुर नगरपालिका वडा न १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताएका छन् । नगरपालिकाको निर्देशन बमोजिम काम सम्पन्न भैरहेको भन्दै खत्रीले घर घरमा स्वयम सेवकपरिचालन गरी राहत वितरण गरिएको बताए ।
खानको समस्या परेका, विपन्न तथा भक्तपुर बाहेकका जिल्लाबाट यहाँ कोठा भाडामा बसिरहेकाहरुलाई राहत वितरण गरिएको भन्दै उनले तथ्याङ्क संकलन गरेर राहत वितरण गरेको जानकारी दिए । समन्वय समिति, अनुगमन समिति मार्फत दिन रात नभनी काम गरिएको भन्दै महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथाममा विशेष ध्यान दिएको बताए ।
कार्य सम्पादनमा कुनै समस्या नरहेको भन्दै खत्रीले पार्टीको सिद्दान्त अनुसार सबैकुराको चाँजोपाँजो मिलाएको बताए । राहत वितरणमा एकद्वार प्रणाली लागु गरिएको उनको भनाई छ । कुनै संघ सस्थाले राहत दिन चाहेमा नगरसंग समन्वय गरेरमात्र राहत दिन पाउने भन्दै त्यसका लागि जनप्रतिनिधिले सहजीकरण गर्ने बताए । भक्तपुर बाहिरबाट आएका र समस्यामा परेकाहरूलाइ वडाले विशेष ध्यान दिएको बताए ।
बाँकी भिडियो हेर्नुहोस…