भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकसिङ्गे गैँडाको खाग खरिदः बिक्री गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दर्ता

एकसिङ्गे गैँडाको खाग खरिदः बिक्री गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिदरबिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले उनीहरूविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ का ३३ वर्षीय बालकुमार राई, नवलपरासी बर्दघाट सुस्ता पूर्व बर्दघाट नगरपालिका–८ का ३५ वर्षीय देवबहादुर परियार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ का ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्रीविरुद्ध आज चितवन जिल्ला कार्यालयमा मुद्दा दर्ता गरेको हो ।

यस्तै बाग्लुङको जैमिनी नगरपालिका–७ का २८ वर्षीय कमल राना, जैमिनी–१० का ३८ वर्षीय नगेन्द्र थापा, जैमिनी–९ का ३६ वर्षीय खड्कबहादुर थापा, स्याङ्जाको निरकोट नगरपालिका–९ घर भई अहिले बुटवल–४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई पनि मुद्दा दायर गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । तिवारीका अनुसार गएको वैशाख २८ गते भरतपुर–९ क्षेत्रमा एकसिङ्गे गैँडाको खाग खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा उनीहरू पक्राउ परेका थिए । प्रतिवादीहरूमध्ये सन्तबहादुरलाई यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद भएको थियो । उनी ५० हजार रुपैयाँ जरिबाना तिरेर छ वर्षअघि छुटेका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.