भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एकसिङ्गे गैँडाको खाग खरिदः बिक्री गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दर्ता

एकसिङ्गे गैँडाको खाग खरिदः बिक्री गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिदरबिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले उनीहरूविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ का ३३ वर्षीय बालकुमार राई, नवलपरासी बर्दघाट सुस्ता पूर्व बर्दघाट नगरपालिका–८ का ३५ वर्षीय देवबहादुर परियार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ का ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्रीविरुद्ध आज चितवन जिल्ला कार्यालयमा मुद्दा दर्ता गरेको हो ।

यस्तै बाग्लुङको जैमिनी नगरपालिका–७ का २८ वर्षीय कमल राना, जैमिनी–१० का ३८ वर्षीय नगेन्द्र थापा, जैमिनी–९ का ३६ वर्षीय खड्कबहादुर थापा, स्याङ्जाको निरकोट नगरपालिका–९ घर भई अहिले बुटवल–४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई पनि मुद्दा दायर गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । तिवारीका अनुसार गएको वैशाख २८ गते भरतपुर–९ क्षेत्रमा एकसिङ्गे गैँडाको खाग खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा उनीहरू पक्राउ परेका थिए । प्रतिवादीहरूमध्ये सन्तबहादुरलाई यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद भएको थियो । उनी ५० हजार रुपैयाँ जरिबाना तिरेर छ वर्षअघि छुटेका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.