भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

एकान्तबास केन्द्रको अनुगमन

एकान्तबास केन्द्रको अनुगमन

भक्तपुर ।  कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको उपचारका लागि भक्तपुर नगरपालिकाले शनिबारदेखि सञ्चालनमा ल्याउन लागेको आइसोलेसन (एकान्तबास) केन्द्रको आज अनुगमन गरेको छ । नगरपालिकाले आफ्ना नगरका नागरिकका लागि ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालनमा ल्याउन लागेको आइसोलेसन केन्द्रको आज नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाको वीरदल गण सूर्यविनायकका कर्नेल  वप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइरालालगायतको टोलीले अवलोकन एवं निरीक्षण  र्नुभएको हो ।

नगरपालिकामा कोरोना सङ्क्रमण परिवार–परिवार र समुदायमा फैलिन थालेपछि नगरपालिकाले ७५ श्याको आइसोलेसन केन्द्र सञ्चालन ल्याउनेभएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो । सरकारले निर्धारण गरेको मापदण्डअनुसार तयार गरिएको उक्त आइसोलेसनमा नगरपालिकाले घरमा एकान्तबास सम्भव नभएका कोरोना सङ्क्रमितलाई राख्ने जनाएको छ ।  आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेका जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतिलाई राख्ने र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बस्ने गरेर तयारी गरेको छ ।

आइसोलेसनमा प्रत्येक सङ्क्रमितका लागि अलग–अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाईफाई, मोबाइल चार्जको छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नका लागि किताब, पत्रपत्रिका, छुट्टाछुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपीई सेटको व्यवस्था गर्नुका साथै दैनिक चार छाक पोषणयुक्त खाना र खाजा खुवाइने उहाँले जानकारी दिनुभयो ।  आइसोलेसन केन्द्रका लागि प्रत्येक दिन तीन नर्स र दुई डाक्टरले सेवा प्रवाह गर्नेछन् । प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० कर्मचारी खटिने छन् । सङ्क्रमितका लागि होम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुट्टै आइसोेलेसनको व्यवस्था गरेको हो । आइसोलेनमा बस्दा बिरामीलाई अप्ठेरो महसुस भएको खण्डमा डाक्टरको सल्लाहमा नपाको डेडिकेटेड एम्बुलेन्समार्फत सो अस्पतालमा थप उपचारका लागि पठाइनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.