कमलामाई मन्दिरमा भक्तजनको घुइँचो

कमलामाई मन्दिरमा भक्तजनको घुइँचो

सिन्धुली । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल कमलामाईस्थानमा श्रद्धालु भक्तजनको घुइँचो लाग्न थालेको छ । मध्यपूर्वी क्षेत्र सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका श्रद्धालु भक्तजनहरू कमलामाईको पूजा अर्चना गरी भाकल बुझाउन यहाँ आउने गर्दछन् ।

मंसिर महिनामा कमलामाई स्थानमा पूजा अर्चना गरी सामुहिक वनभोज खानेहरुको समेत घुइँचो लाग्ने गरेको छ । धार्मिक तिर्थस्थल आएर शुद्ध भई चोखो मनले कमलामाईको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कमलामाईस्थान आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ ।

करिब १ हजार ३० वर्ष पहिले स्थापना भएको महत्वपूर्ण धार्मिक तिर्थस्थल कमलामाईस्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ । बि.स. १९ सय पछि सिन्धुलीगढीमा बहाल रहेका बडाहाकिमहरुले कमलामाईस्थानमा विभिन्न भौतिक संरचनाहरु निर्माण गरेर र विभिन्न सर–सामानहरु चढाएर, कमलामाई स्थानमा सघाउ पुर्‍याएको उल्लेख रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.