भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीमा नौ संक्रमित थपिए ४२ जना डिस्चार्ज भए

कर्णालीमा नौ संक्रमित थपिए ४२ जना डिस्चार्ज भए

सुर्खेत । कर्णाली प्रदेशमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ । पुष्टी हुनेमा जाजरकोट भेरी नगरपापालिका दुई, छेडागाड नगरपालिकाका एक, सल्यान छत्रेश्वरी गाउँपालिका र सुर्खेत वीरेन्द्रनगरका एकरएक जना छन् । यस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुरका एकरएक र दैलेख नारायण नगरपालिकाका एकरएक जना छन् रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

संक्रमित नौ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाले आइसोलेशनमा लैजाने तयारी भएको जनाए । पछिल्लो २४ घण्टामा कोभिड–१९ निको भई घर जानेको संख्या ४२ रहेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या दुईहजार दुई सय ८१ जना छन् । कर्णालीमा हाल तीनसय ११ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.